Tuesday, October 23, 2012

एसएसबीले अतिक्रमण गरेको जग्गा फिर्ता गर्यो महेन्द्रनगर,

भारतीय सीमा सुरक्षा वल एसएसबीले आफ्नो क्षेत्रमा पर्ने भन्दै एक हप्ताअघि अतिक्रमण गरेको कञ्चनपुरको दक्षिणी रामपुर विलासीपुर गाविस भुडामा पर्ने एक विगाहा जग्गा फिर्ता गरेको छ । वार्तामा सहमति भएपछि एसएसबीले जग्गा किसानलाइ फिर्ता गरेको हो । नेपाली भूभागमा खनजोत गर्दा गल्ती भएकोमा माफी माग्दै अब गल्ती नदोहोर्याउने प्रतिवद्धता सहित जग्गा फिर्ता गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले जानकारी दिनुभयो । एसएसबीले नेपाल भारतको पिलर नं १० नजिकको नेपाली दर्ता भूमि आफ्नो भन्दै नेपालीलाई जान समेत रोक लगाएको थियो । एसएसबीले कमलापती भट्ट र एस भट्टको कित्ता नं ५७४ र ५७५ को झण्डै एक विघा जमिनमा खनजोत गरेको थियो । एसएसबीले त्यो क्षेत्रमा विभिन्न बहानामा नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ ।

No comments:

Post a Comment

NEWSPost का डे :–Computer Tips